काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए ।
निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ ।
मङ्सिर २२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिने सम्भावना छ । तर निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन ।
यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी उनले जानकारी दिए । गोरखापत्रमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ मंसिर २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु