काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए ।
निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ ।
मङ्सिर २२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिने सम्भावना छ । तर निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन ।
यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी उनले जानकारी दिए । गोरखापत्रमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ मंसिर २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने