काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने एकता महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ ।
पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरिएको हो ।
विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ मंसिर २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने