नागरिक अभियन्ता नारायण वाग्लेले ओलीलाई भने, 'नारायणी किनारबाट तपाईं देवघाट जानुस्'

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १९ : ०८
नागरिक अभियन्ता नारायण वाग्लेले ओलीलाई भने, 'नारायणी किनारबाट तपाईं देवघाट जानुस्'

काठमाडौँ । नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएका हुन्।

वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला ९प्रतिनिधिसभा विघटनको विरुद्धमा गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु– तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एकएक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारबाट बुढानिलकण्ठ जान सुझाव दिएका छन् । उनले भने, ‘प्रधानन्यायाधीशको विषयमा एक शब्द बोल्न नसक्ने, कुनै निर्णय गर्न नसक्ने त्यस्ता प्रधानमन्त्री बालुवटारबाट बुढालिनकण्ठ गए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस