महासचिव नपाए अरू पदमा उम्मेदवारी दिन्न : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १२ : ५२
महासचिव नपाए अरू पदमा उम्मेदवारी दिन्न : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । 

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।  

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस