काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन् । कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै रावलले त्यसलाई बदर गरी पुनः प्रतिनिधि छनोटको माग गरेका थिए । तर आफ्नो प्रस्ताव अमान्य भएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् ।
यस्तो छ रावलको फरक मत
सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै