आइपिएल : कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराउँदै दिल्ली डेयर डेभिल्स विजयी

शनिबार, १५ बैशाख २०७५, ०८ : ४०
आइपिएल : कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराउँदै दिल्ली डेयर डेभिल्स विजयी

दिल्ली । दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई शुक्रबार ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो । २ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको कोलकता सुरुआतबाट सम्हालिन सकेन । टोलीले ३३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

टोलीका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई लक्ष्यमा पुग्नबाट रोक्न दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । अघिल्ला ६ मध्ये ५ खेल गुमाएको दिल्लीका लागि शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । ४० बल खेलेका श्रेयसले ६० रन छक्काबाट मात्र बटुलेका थिए । उनको नाममा ४ चौका पनि रह्यो । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम् मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । कोलकाता अहिले ब्याटिङ गरिरहेको छ । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले आजको खेलमा पनि मौका पाएका छैनन् । आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस