काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताएका छन् । संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”
यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उनले बताए । नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ मंसिर २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै