एमाले नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

सफल खबर संवाददाता

मंगलबार, ०७ मंसिर २०७८, ११ : २७
एमाले नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले चितवनमा हुने १० औं महाधिवेशनमा पार्टीको वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिने भएका छन् । 

वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन्। संचारमाध्यमसंग कुरा गर्दै  नेम्वाङले आफू सर्वसहमतिको पक्षमा रहेको बताए। एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।

‘मैले भनेको सर्वसहमति हो। अहिले पनि म सर्वसहमतिकै पक्षमा छु। कथमकदाचित निर्वाचन भयो भने म पनि उमेद्वावारी दिनेबारे सोच्नुपर्छ,’ उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु। अहिलेसम्म साथीभाइले तपाईँ वरिष्ठमा उठ्नुपर्छ भनेका छन्। म साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु।’ 

प्रतिक्रिया दिनुहोस