इँटाको मूल्य वृद्धि, यस्तो छ कारण

पत्रपत्रिकाबाट

मंगलबार, ०७ मंसिर २०७८, ०६ : १९
इँटाको मूल्य वृद्धि, यस्तो छ कारण

काठमाडौँ । प्रदेश १ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन् ।

इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो । अहिले भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन सकेन । यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने बताए ।

उनका अनुसार यो वर्ष इँटाको मूल्य २३ रुपैया प्रतिगोटाबाट २५ रुपैयाँसम्म पुग्ने छ । २ वर्षअघि एक नम्बर इँटाको मूल्य प्रतिगोटा १८ रुपैयाँ थियो । ३ वर्षमा इँटाको मूल्यमा प्रतिगोटा ७ रुपैयाँ बढेको छ । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस