विनोद चौधरी बने कांग्रेसकाे महाधिवेशन प्रतिनिधि

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १६ : ५७
विनोद चौधरी बने कांग्रेसकाे महाधिवेशन प्रतिनिधि

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् । चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस