जुम्ला । नेकपा (माओवादी केन्द्र) जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।
माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इञ्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी एक वडाको एक÷दुई दिनमा सकिने भएको छ । माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीका आठ, सिंजाका छ, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको छ ।
यता गुठीचौर गाउँपालिकाका इञ्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन् । चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतका अनुसार वडा नं ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरुको हुने तयारी भएको जानकारी दिए ।
यता पातारासी गाउँपालिकाका–४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकी तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै