महाधिवेशन प्रतिनिधी छनौट गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, ०८ : ३९
महाधिवेशन प्रतिनिधी छनौट गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । महाधिवेशन प्रतिनिधी छनौट गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ । 

नेताहरुका अनुसार प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमालेले १९९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस