काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै सोमबार ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ मंसिर २०७८, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा