दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

एजेन्सी

शुक्रबार, ०३ मंसिर २०७८, १४ : २१
दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

काठमाडौं । दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । भिलियर्सले १७ वर्षे करियर टुङ्ग्याउँदै शुक्रबार सन्यासको घोषणा गरेका हुन् । 

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिईसकेका भिलियर्सले टी–ट्वान्टी लिग भने खेल्दै आएका थिए । इन्डियन प्रिमियर लिग अन्तर्गत उनी सन् २०११ देखि रोयाल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आएका थिए ।

डी भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् । उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस