स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि

एजेन्सी

विहीबार, ०२ मंसिर २०७८, २१ : २९
स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि

काठमाडौँ । फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । शुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ ।

रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ । बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ ।

रेलिगेसनको मारमा रहेको लिभान्ते ६ अंक सहित १९औं स्थानमा छ । एउटै खेल जित्न नसकेको लिभान्तेले १३ खेलमा ६ बराबरी र सात हार खेपेको छ । ला लिगाको उपाधि भिडन्त भने यसपटक पनि रोचक हुने देखिएको छ ।

अहिले लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ । सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन् । रियल र सेभियाले एक खेल कम खेलेका छन् । २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ ।

यसैगरी २१ अंक बनाएको रियल बेटिस पाँचौं, २० अंक बनाएको रायो भालेकानो छैटौं, १९ अंक बनाएको ओसासुना सातौं स्थानमा छ । समान १७ अंक बनाएको बार्सिलोना भ्यालेन्सिया र स्पान्योल शीर्ष १०मा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस