आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १७ : २६
आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा

काठमाडौं । आईएमईले २०७८ का चाडपर्वलाई लक्षित गरी ल्याएको आईएमई डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । बिहीबार प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिएको नतिजा अनुसार आईएमई सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट भएका छन् ।

विजेताले १२ लाख ५२ हजार ४६४ रुपैयाँ जितेका छन् । उनले युएईबाट आइएमई गरेका थिए । आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका थिए ।

कार्यक्रममा अन्य साप्ताहिक बिजेताहरुपनि घोषणा गरिएको थियो । कार्यक्रममा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई डिजिटलाइजेशन गर्ने गरि काम सुरु गरिएको बताए । उनले रेमिट्यान्सबाट आउने पैसालाई लगानी गर्न सके विदेशमा दुख गरेको आर्जनको फाइदा लिन सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताए । चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो ।

५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस