काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२-८३ डलर पुगेको छ ।
गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो । एक वर्षमा दोब्बर भएको छ । उनले भने , “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।” निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ ।
निगमले प्रतिलिटर ८३.४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपियाँ लिँदै आएको छ । मट्टितेलमा प्रतिलिटर १५।०२ रुपियाँ कर लिइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ मंसिर २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार राति १२ बजेदेखि लागु हुने
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढ्यो
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा