सुदूरपश्चिम : थप ११ जनामा कोरोना सङ्क्रमण

रासस

मंगलबार, ३० कार्तिक २०७८, २१ : ४९
सुदूरपश्चिम : थप ११ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ८३१ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पिसीआरमा आठ र एन्टिजेन विधिमार्फत तीन जनामा  सङ्क्रमण  देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई तथा कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा २३  सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए ।  

प्रतिक्रिया दिनुहोस