नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा २५ लाख सहयोग गर्ने प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, ३० कार्तिक २०७८, १७ : २३
नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास

चितवन । नेपाल जर्नी संस्थाले भरतपुर महानगर वडा नम्वर ४ छहारी बसपार्कमा नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय भवनको शिलान्यास गरेको छ । नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उनकै नेतृत्वमा निर्माण हुन लागेको यो पुस्तकालयको भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन् ।

पुस्तकालयको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले मौसमी श्रेष्ठ र उनको टिमले नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय स्थापना गर्न लागेकाले महानगरका तर्फबाट २५ लाख रुपैया सहयोग प्रदान गर्ने घोषाणा गरिन् । २ वर्ष भित्रमा यसको निमार्ण पुरा गर्ने गरी काम अगाडि बढाउन दाहालको आग्रह छ ।कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुबेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।

यो पुस्तकालय नेपालकै नमुना भब्य ब्यवस्थित र बहु आयामिक हुने नेपाल जर्नी संस्थाकी अध्यक्ष तथा पुस्तकालयको परिकल्पनाकार मौसमी श्रेष्ठले बताइन् । देशमा भुकम्प गएका बेला नेपालमा रहँदा नेपालीमा परेको पीडाबाट दुखित भएर पीडामा परेकाहरुको हितका साथै देशमा शैक्षिक बिकासका लागि काम गर्न आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले बताइन् ।

नेपाल जर्नी नेपाल टिमसँग सहकार्य गर्दै आफूले देशमा धेरै राम्रो परियोजनाहरु सुरु गरेको भन्दै उनले यो पुस्तकालय निर्माणमा स्थानीयको धेरै भन्दा धेरै सहभागिता र साथ रहनुपर्ने बताइन् ।  स्थानीयको आर्थिक तथा अन्य साथ र सहयोगलेनै यो परियोजना सफल हुने भन्दै उनले यसलाई सफल बनाउन सबै जुट्नुपर्ने बताईन् । ५ करोडको लागतमा २ वर्ष भित्र सक्ने गरी निमार्ण हुन लागेको पुस्तकालयका नेपालकै नमुना हुने आर्थीक ब्यवस्थापन समिति अन्तराष्ट्यि संयोजक राजिव श्रेष्ठले बताए ।

मौष्समी श्रेष्ठको परिकल्पनामा नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ  । अमेरिकामा रहेका नेपालीहरुले यो परियोजनालाई धेरै महत्वपूर्ण परियोजना मानेर यसको निर्माणका लागि सबै टिम सक्रियपुर्वक लागेको अन्तर्राष्टिय संयोजक भानु खरेलले बताए ।

नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना, अपांगमैत्री सार्वजानिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निमार्ण थालेको यो पुस्तकालयमा कम्युटर ल्याव, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्यान कक्ष सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ ।

कार्यक्रममा बरिष्ठ उत्प्रेरक बिजयराज सिग्देल, भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडा नम्बर ४ का अध्यक्ष हरि प्रसाद आचार्य,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँंडेल, अपागं जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, नेपाल जर्नी संस्थाका महासचिव धनकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

भवन निमार्णका लागी स्थानिय सामाजिक अगुवा शिब लामिछानेको संयोजकत्वमा निर्माण समिति समेत भएको छ । नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  

प्रतिक्रिया दिनुहोस