युवालाई अघि बढाउनका लागि सहयोग गर्न तयार छु : मन्त्री गुरुङ

रासस

सोमबार, २९ कार्तिक २०७८, २१ : ४७
युवालाई अघि बढाउनका लागि सहयोग गर्न तयार छु : मन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले युवालाई अघि बढाउनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीबजारस्थित खुदी युथ क्लबद्वारा आज यहाँ आयोजित हरिबोधिनी ठूली एकादशीको मेला, २०७८ को उद्घाटन गर्दै उहाँले युवाको चाहनाअनुरुप अघि बढ्ने उल्लेख गरे । 

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । “युवालाई अघि बढाउन युवा स्वरोजगार कार्यक्रम अघि सारेका छौँ”, उनले भने ।

प्रदेश सरकारले युवालाई रु २५ लाखसम्म बिना ब्याजमा अनुदान दिँदै आएको छ । युवा स्वरोजगार कार्यक्रममा पुरुष मात्र नभएर महिलालाई पनि संलग्न गराउनुपर्नेमा उनले जोड दिए । फरक प्रसङ्गमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मेला महोत्सवले मेलमिलाप र संस्कृतिको जगेर्ना गर्न योगदान पु¥याउने बताए । कार्यक्रममा उपाध्यक्ष होमबहादुर विक, वडा नं १ का अध्यक्ष रुद्रमान गुरुङ, वडा नं ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, वडा नं ९ का अध्यक्ष नारायणबहादुर थापालगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस