काठमाडौं । नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो । उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए ।
‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले राजधानीसँग भने ।
सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो ।
सुन निकालिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको एसएसपी बाँस्तोलाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सो सुन नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ लैजान खोजिएको देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरी बताउँछ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ कार्तिक २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर