आइएमई जनरल इन्स्योरेन्स र पिक मिबीच बीमा सम्झाैता

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १० : ५१
आइएमई जनरल इन्स्योरेन्स र पिक मिबीच बीमा सम्झाैता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र पिक मि बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात पिक मि का चालक र ग्राहकहरुको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुनेछ ।सम्झौता पत्रमा हस्ताक्षर पश्चात ‘पिक मि’का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट ‘पिक मि’का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा ‘पिक मि’मा ग्राहकले राइड सेयरिङ्ग, फुड डेलिभरी, लजिस्टिक सर्पोट, मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी दिएका थिए ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस