काठमाडौं । कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका–५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका–७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किँदा चालक अभिषेक चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चारजना घाइते भएका थिए ।
घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएकामा र घाइते नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ कार्तिक २०७८, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता