गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

रासस

आइतबार, २१ कार्तिक २०७८, १५ : २५
गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

file-photo

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।   

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । 

मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस