रुसमा दैनिक सङ्क्रमित ४० हजारभन्दा बढी

एजेन्सी

बुधबार, १७ कार्तिक २०७८, २० : ०३
रुसमा दैनिक सङ्क्रमित ४० हजारभन्दा बढी

काठमाडौं । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन् । तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो । 

रूसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ । यो सङ्ख्या पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो ।

रुसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस