मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो राजीनामा दिन सुझाव दिएका छन् ।
नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने बताए । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि सम्मानजनक बहिर्गमनको कुरा गरेकाले ढिला गर्दै गए बर्हिगमन अपमानजनक हुने चेतावनी दिए ।
नेता पौडेलले भने, ‘अरु संस्था त ध्वस्त भए, भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । प्रधानन्यायाधीशले अस्तिमात्रै भन्नु भयो- ल ल म छोड्न त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिएँ-जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईंको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउछन । सेटिङ गर्नुभएको क-कसले ?’
अदालतसितको सेटिङको प्रसंग निकाल्दै पौडेलले भने, ‘यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित । यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान । संविधानको आत्ममाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ? यो अवस्थामा देश किन पुग्यो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति