काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २७ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका लागि जिल्ला निर्वाचन अधिकृत छनोटको तयारी थालेको छ ।
भदौ १८ देखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको कांग्रेसले रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन । जसका कारण यी दुई जिल्लाको तल्लो तहको अधिवेशन अझै अनिश्चित छ ।
हालसम्म अधिवेशन प्रक्रिया शुरु भएको ६३ जिल्लामध्ये ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन प्रक्रिया शुरु भएको जिल्लामध्ये १३ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ कार्तिक २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र