गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १७ : ००
गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३२ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ११ महिला १२ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ९, स्याङ्जा ८, म्याग्दी १,गोरखा १, लमजुङ १, तनहुँ २ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ३४९ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२६ का ५६ बर्षिय पुरुष रहेका छन । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३९६ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौविस घण्टामा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ४२८ पुगेको छ भने होम आइसोलेसनमा ४२१ जना रहेका छन् ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५२५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस