विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचर्याले राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिएका हुन् ।
आचार्य गत भदौ १० शेरधन राइले राजीनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए। प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।
९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा माग
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग