चाबहिलको तरकारी बजारमा पनि लागुभयो ‘क्यूआर कोड’

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : ०२
चाबहिलको तरकारी बजारमा पनि लागुभयो ‘क्यूआर कोड’

काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूलबजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ ।

आइतबार एक कार्यक्रम गरी सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताए। उनले विद्युतीय कारोबारले खरिद बिक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट पारे ।

यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन् । तरकारी किन्नका लागि सो बजारमा पुग्नु भएका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो भएको बताएका छन् । उनीहरुले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले सजिलो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस