कर्णाली प्रदेशका यी तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदै

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १५ : २९
कर्णाली प्रदेशका यी तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदै

कर्णाली । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

प्रतिक्रिया दिनुहोस