जतिबेला दाह्री पाल्नेले तिर्नुपर्थ्यो कर ! जानौं दाह्रीका बारेमा केही रोचक तथ्य

एजेन्सी

आइतबार, १४ कार्तिक २०७८, १४ : ३८
जतिबेला दाह्री पाल्नेले तिर्नुपर्थ्यो कर !  जानौं दाह्रीका बारेमा केही रोचक तथ्य

एजेन्सी । अचेल पुरुषहरू आफ्नो दाह्री पाल्न रुचाउँछन्। दाह्रीले उनीहरूको व्यक्तित्व बढाउन मद्दत गरिरहेको हुन्छ। व्यक्तिलाई स्टाइलिस बनाइरहेको हुन्छ। दाह्री स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक छ।

कतिपय महिलाहरू पनि दाह्री भएका पुरुषलाई मन पराउँछन्। दाह्रीका विषयमा धेरै अनुसन्धानहरू पनि भएका छन्। इतिहासको कुरा गर्दा दाह्रीलाई लिएर केही अचम्मका नियमहरू बनेका घटना पनि छन्। दाह्रीका विषयमा केही रोचक कुरा जानौं। 
– कुनै पनि व्यक्तिको दाह्री प्रतिवर्ष ५ इन्च बढ्छ। 
– रातिभन्दा दिउँसो मानिसको दाह्री छिटो बढ्छ। 
– यदि कसैले दाह्री काट्न बन्द गर्‍यो भने उसको दाह्री करिब २८ फिटसम्म लामो हुनसक्छ। 
– कुनै पुरुषले पहिलोपल्ट दाह्री पालेपछि सबैभन्दा बढी तारिफ पुरुष साथीबाटै आउँछ। 
– विश्वमा लगभग ७५ प्रतिशत पुरुषले हरेक दिन दाह्री काट्छन्। 
– संसारभर लगभग ५५ प्रतिशत पुरुष आफ्नो दाह्रीसँग खेलिरहेको देख्न सकिन्छ। 
– एउटा मानिसले औसत आफ्नो जीवनको लगभग १ हजार घन्टा दाह्री काट्नमा बिताउँछ।

– फोब्र्सले जारी गर्ने धनीको सूचीमा परेका ९८ प्रतिशत मानिस ‘क्लीन सेभ्ड’छन्। 
– एक अध्ययन अनुसार दाह्री काटेका भन्दा दाह्री पालेकालाई महिलाहरूले प्राथमिकता दिने कुरा पत्ता लागेको छ। 
– दाह्रीले पुरुषको उमेर, सामाजिक स्थिति र आक्रामकतामा प्रभाव पार्छ। 
– विभिन्न अध्ययन अनुसार दाह्री काटेका पुरुषको तुलनामा दाह्री पालेकाहरू अधिक आक्रामक हुन्छन्। 
– गर्मी समयमा दाह्री–कपाल छिटो बढ्छ। 

– हामीले जति धेरै प्रोटिन खान्छौं त्यत्ति छिटो दाह्री–कपाल बढ्छ। 
– भनिन्छ, जति दाह्री–कपाल काट्यो त्यत्ति छिटो बढ्छ। तर, त्यसो होइन। कपाल दाह्री बढ्ने क्रम जहिले पनि समान हुन्छ। – दाह्री–कपाल राम्रो हुनमा निद्राको ठूलो योगदान हुन्छ। कपाल–दाह्रीको वृद्धिका लागि सँधै राम्रोसँग निद्रा पुग्नुपर्छ।  
– संसारमा सबैभन्दा लामो १७ फिटभन्दा बढी लामो दाह्री नर्वेका हन्स लङसेथको थियो  
– प्राचीन समयमा पुरुष उत्साह, सुरक्षा तथा डरका लागि दाह्री पाल्थे। 
– कतिपयले दाह्रीलाई ज्ञानको प्रतीकका रूपमा पनि लिन्छन्। 

– मध्य युगमा एकले अर्काको दाह्री छुनु भनेको अपमान गरेको मानिन्थ्यो। त्यो बेलामा दाह्री सम्मानको प्रतीक हुन्थ्यो। 
– १८औं शताब्दीमा रुसका राजा ‘पिटर द ग्रेट’ले दाह्री पाल्नेलाई ट्याक्स लगाएका थिए। त्यहाँ दाह्री पाल्नेले प्रतिवर्ष १०० रुबल कर तिर्नुपथ्र्यो। 
– जर्मनका राजा ‘ओट्टो द ग्रेट’ ले कुनै गम्भीर कुराभन्दा आफ्नो दाह्रीको कसम खान्थे। 
– अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई एउटी बालिकाले दाह्री पाल्ने सल्लाह दिएकाले सन् १९६० देखि लिंकनले दाह्री पालेका थिए। 
– हरेक २ वर्षमा विश्व दाह्री–जुँगा प्रतियोगिता हुन्छ। जहाँ मानिस आफ्ना विभिन्न खालका दाह्री–जुँगा देखाएर प्रतिस्पर्धा गर्छन्। 
(विभिन्न एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस