काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले आन्तरिक विवादका कारण अन्योल भएको महाधिवेशन प्रक्रिया अगाडि बढेसँगै केन्द्रीय नेतृत्वले आफ्नो सम्पूर्ण ध्यान फेरि महाधिवेशन प्रतिनिधिको जोडघटाउमा केन्द्रित गर्न थालेका छन् ।
केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभा, क्षेत्रीय अधिवेशनबाट चुनिएर आउने भएकाले कांग्रेस महाधिवेशनमा निर्वाचन क्षेत्रको अधिवेशनले विशेष महत्व राख्ने गरेको छ । जसका कारण क्षेत्रीय अधिवेशनमा केन्द्रीय नेताहरुले आफ्नो सम्पूर्ण शक्ति लगाउने गर्छन् । मंसिर ६ गते र १० गते बाँकी रहेको अधिकांश निर्वाचन क्षेत्रमा अधिवेशन हुने भएकाले केन्द्रीय नेतृत्व दाबी गर्ने नेताहरुले जोडघटाउको हिसाब राख्न थालिसकेका छन् ।
हालसम्म १३ जिल्लाको १४ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भई ३ सय ५५ जना महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । १४ निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवा पक्षका २ सय २१ जना नेतृत्वका दाबी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका १ सय १३ जना र १३औं महाधिवेशनबाट कांग्रेसभित्र तेस्रो गुट स्थापना गरेका नेता कृष्णप्रसाद सिटौला पक्षका २१ जना रहेको दाबी गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ कार्तिक २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?