काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले आन्तरिक विवादका कारण अन्योल भएको महाधिवेशन प्रक्रिया अगाडि बढेसँगै केन्द्रीय नेतृत्वले आफ्नो सम्पूर्ण ध्यान फेरि महाधिवेशन प्रतिनिधिको जोडघटाउमा केन्द्रित गर्न थालेका छन् ।
केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभा, क्षेत्रीय अधिवेशनबाट चुनिएर आउने भएकाले कांग्रेस महाधिवेशनमा निर्वाचन क्षेत्रको अधिवेशनले विशेष महत्व राख्ने गरेको छ । जसका कारण क्षेत्रीय अधिवेशनमा केन्द्रीय नेताहरुले आफ्नो सम्पूर्ण शक्ति लगाउने गर्छन् । मंसिर ६ गते र १० गते बाँकी रहेको अधिकांश निर्वाचन क्षेत्रमा अधिवेशन हुने भएकाले केन्द्रीय नेतृत्व दाबी गर्ने नेताहरुले जोडघटाउको हिसाब राख्न थालिसकेका छन् ।
हालसम्म १३ जिल्लाको १४ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भई ३ सय ५५ जना महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । १४ निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवा पक्षका २ सय २१ जना नेतृत्वका दाबी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका १ सय १३ जना र १३औं महाधिवेशनबाट कांग्रेसभित्र तेस्रो गुट स्थापना गरेका नेता कृष्णप्रसाद सिटौला पक्षका २१ जना रहेको दाबी गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ कार्तिक २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र