दीपकराज गिरीकाे व्यङ्ग्य- ‘बारको अगाडि रेष्टुरेन्ट थप्ने हो कि ?’

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १५ : ०२
दीपकराज गिरीकाे व्यङ्ग्य- ‘बारको अगाडि रेष्टुरेन्ट थप्ने हो कि ?’

काठमाडौँ । नेपाली चलचित्रका निर्माता एवं नायक दीपकराज गिरीले नेपाल बार एशोसिएसनको परिसरमा दुई जना कानून व्यवसायीबीच भएको कुटाकुटको व्यङ्ग्य गरेका छन् । 

शुक्रबार दिउँसो बार एशोसिएसनको परिसरमा कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबिच व्यक्तिगत विवादमा कुटाकुट भएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि गिरीले ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भन्दै व्यङ्ग्य व्यक्त गरेका हुन् । 

‘क़ानून ब्यबसायीहरू को संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो !!!’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस