काठमाडौँ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्ला महिनामा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको छ । उक्त अवधिमा विद्युतीय भुक्तानीको संख्या र रकम दुवै बढ्नुले पनि यो पुष्टि हुन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला महिनामा साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर ९क्विक रेस्पोन्स० कोडमा आधारित भुक्तानी उच्च दरले बढेको छ ।
‘विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको संख्या पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
आर्थिक वर्ष २०७७र७८ मा ६ खर्ब ४० अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । आर्थिक वर्ष २०७६र७७ को तुलनामा यो कारोबार ३ खर्ब १७ अर्ब ७९ करोड बढी हो । आर्थिक वर्ष २०७६र७७ मा ३ खर्ब २३ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको थियो । कारोबार रकमसँगै कारोबार संख्या र प्रयोगकर्ता पनि थपिएको राष्ट्र बैंकले जनाएको छ ।
यसअनुसार गत आर्थिक वर्षमा विद्युतीय भुक्तानी कारोबार संख्या ३ करोड १७ लाख ८८ हजार ५ सय ४३ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या १ करोड ७९ लाख ४८ हजार ९ सय ३१ मात्रै थियो ।
विद्युतीय भुक्तानी आकर्षण बढ्दै गएकाले त्यसको संख्या र कारोबार रकममा पनि वृद्धि हुनु स्वाभाविक भएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख भुवन कँडेलले बताए । ‘विद्युतीय माध्यमबाट गरिने कारोबार बढेको तथ्यांकले नै देखाउँछ,’ उनले भने, ‘यस्तो माध्यमद्वारा भुक्तानी गर्ने पारिपाटी, प्रविधि सहज, छिटो र भरपर्दो छ ।’
अबको युग नै डिजिटलको भएकाले सेवाग्राहीहरू यसतर्फ आकर्षित भएको उनको अनुमान छ । ‘सरकार र राष्ट्र बैंकको नीति नै नागरिकको दैनिकीमा पनि विद्युतीय भुक्तानी प्रणाली प्रयोगमा ल्याउने हो,’ उनले भने, ‘यसका लागि ती कारोबारलाई प्रोत्साहन गरिरहेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ कार्तिक २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर