सुदूरपश्चिम : २९ मा सङ्क्रमण

रासस

विहीबार, ११ कार्तिक २०७८, २१ : २३
सुदूरपश्चिम : २९ मा सङ्क्रमण

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सोह्र जनामा आरटी पीसीआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात र डडेल्धुराका छ जनामा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको  पनि मृत्यु भएको छैन । यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना डिस्चार्ज भएका छन् ।  

प्रतिक्रिया दिनुहोस