चितवनमा हुने महाधिवेसनबारे योजना बनाउन एमालेको स्थायी कमिटी बैठक

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १७ : १४
चितवनमा हुने महाधिवेसनबारे योजना बनाउन एमालेको स्थायी कमिटी बैठक

काठमाडौं । चितवनमा हुने महाधिवेसनबारे योजना बनाउन नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा चलिरहेको छ । 

अपराह्न ४ बजेदेखि सुरू भएको बैठकमा चितवनमा हुने एमालेको दसौँ महाधिवेसनको लागि प्रतिनिधि छनौट गर्न छलफल भएको छ । यसबाहेक बैठकको मुख्य एजेण्डा एमालेको स्थानीय अधिवेशनको समीक्षा पनि हुनेछ । बैठकले भोलि बस्ने केन्द्रीय कमिटीका लागि एजेण्डा पनि तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस