प्रधानन्यायाधीशले तोके आफूबाहेकको संवैधानिक इजलास

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १२ : १०
प्रधानन्यायाधीशले तोके आफूबाहेकको संवैधानिक इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारको पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुका लागि ६ वटा संयुक्त इजलासमा पेसीसमेत तोकेका छन् । 

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तान, मीरा खड्का र  कुमार चुडाल, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना र कमनोज कुमार शर्मा, प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलास तोकिएको हो । 

जबराले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको मुद्धा आफ्नो इजलासमा राखेका छन् । 

प्रधानन्यायाधीश जबराले आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा। मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस