एमाले खैरहनी नगर कमिटीमा विवाद, दुई कमिटी गठन

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १९ : २३
एमाले खैरहनी नगर कमिटीमा विवाद, दुई कमिटी गठन

चितवन । नेकपा (एमाले) खैरहनी नगर कमिटी गठनमा विवाद भएको छ । विवादका कारण खैरहनी नगरपालिकामा एमालेको दुई कमिटी बनेको छ। सुरुमा पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा ५७ सदस्यीय कमिटी गठन भएको थियो ।

आज सम्पन्न प्रथम नगर अधिवेसनबाट डल्लाकोटी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । कमिटीको उपाध्यक्षमा छत्रराज सुवेदी र सचिवमा गोपाल परियार चयन भएका थिए । 

कमिटी गठन भएको समाचार आउँदै गर्दा फेरि अर्को असन्तुष्ट समूहले छत्रराज सुवेदीको अध्यक्षतामा अर्को कमिटी बनाएको छ । नेकपा एमाले जिल्ला नेतृत्व तहले दुई समूहलाई मिलाउने प्रयास गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस