गरिबी निवारणको लागि योजना बनाएर काम गर्छु : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १३ : २९
गरिबी निवारणको लागि योजना बनाएर काम गर्छु : मन्त्री  श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणको लागि योजना बनाएर काम गर्ने प्रतिद्धता जनाएकी छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले जनताले सुकुमबासी समस्या समाधानका लागि संविधानअनुरुप काम गर्ने बताइन् ।

सुकुमबासीको लागि सरकारले के योजना बनाउँदैछ भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘सुकुमबासी र गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको छ । अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रमबाहेक केही नभएको भन्दै उनले गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । लामो समयदेखि सुकुमबासी समस्या रहेको भन्दै उनले भूमिहीन जनतालाई छिटो व्यवस्थापन गर्ने बताइन् ।

मन्त्रालयका कर्मचारीहरु गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ छ । उनले अघिल्लो आयोगले गरेका राम्रा कामहरुको स्वामित्व लिँदै जनताको पक्षमा काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस