कमजोरी महसुस भएको छ ? अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी

सोमबार, ०८ कार्तिक २०७८, १५ : ११
कमजोरी महसुस भएको छ ? अपनाउनुहोस् यो घरेलु उपाय

काठमाडौं । सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरु हुन् ।

कमजोरी भएमा खान र गर्न नहुने कुराहरु

रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरु खानुहुँदैन ।

खान र गर्न हुने कुराहरु :

दिनहुँ ३/४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरुमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।

खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरुप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगको दाल, गाँजर पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरुप उपचार गर्दै जाने हो भने कमजोरी ठीक हुन्छ ।

साभार योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस