श्रीलंकालाई बंगलादेशको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी

आइतबार, ०७ कार्तिक २०७८, १७ : ३७
श्रीलंकालाई बंगलादेशको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

युएईको सारजाह क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

बंगलादेशका लागि मोहम्मद नाइम र मुस्फिक्युर रहिमले अर्धशतक प्रहार गरे । उनले सर्वाधिक ६२ रन जोडे भने  रहिम ५७ रन बनाउँदै अविजित रहे । त्यस्तै, लिटन दासले १६ रन, शकिव अल हसनले १० रन जोडे । श्रीलंकाका लागि चमिका करुरत्ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले समान एकएक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस