काठमाडौं । नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा एमाले उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायत उपस्थित थिए ।
अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन् । प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो ।
हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति
एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा जारी
एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा
मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय
एमालेमा निर्वाचन समीक्षा कार्यदल गठनको प्रस्ताव