काठमाडौं । नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा एमाले उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायत उपस्थित थिए ।
अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन् । प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो ।
हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक