घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १३ : ०७
घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए । उनलाई घरायसी विवादमा स्थानीय केशवराज जोसीका छोराहरू २० वर्षीय रामदत्त जोसी र १८ वर्षीय तिलक जोसीले कुटपिट गरेका हुन् । 

CG Developers Tansen Cement box

कुटपिटबाट गम्भीर घाइते भएका ईश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कुटिएका व्यक्तिको उपचार सुरु भए पनि स्वास्थ्यमा सुधार आएको छैन । 

प्रतिक्रिया दिनुहोस