काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ ।
सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को न्यायाधीशलाई असहयोग गर्ने परिपाटी बढ्दै जाँदा सिंगो न्याय क्षेत्र बदनाम हुन पुगेको भन्दै सर्वोच्चका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘सर्वोच्चमा न्यायधीशहरूबीचमा नै एकले अर्कालाई समाप्त पार्ने खेल बढ्न थालेको छ, यसले न्याय क्षेत्रमा गम्भीर संकट आउन सक्ने भय बढेको छ,’ सर्वोच्चका एक अधिकारीले राजधानीसँग भने ।
उता सर्वोच्चको मुख्य कमान्डरका रूपका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशशेर जबरा शृंखलाबद्ध रूपमा विवादमा तानिँदै आएपछि न्यायालयप्रतिको विश्वासमा नै कमी आउन थालेको ती अधिकारीहरूको भनाइ छ । उनले न्यायालय प्रमुखको हैसियतमा न्यायालयलाई सन्तुलन हिसाबमा चलाउनुपर्नेमा निरन्तर कार्यपालिका र संवैधानिक आयोगमा भागबन्डा माग्न थालेपछि विवादमा तानिएका हुन् ।
यसो त यसअघि प्रतिनिधिसभाको दोस्रोपटक विघटनको मुद्दामा परमादेशको आदेश दिने अन्य वरिष्ठ न्यायाधीशहरूले पनि सरकारका विभिन्न निकायमा आफू निकटका व्यक्तिलाई नियुक्ति दिलाउन गोप्य रूपमा लबिङ गरिरहेको सरकार निकट स्रोतले जनाएको छ । प्रधानन्यायधीश माथि मात्रै होइन, न्यायालयमा गुटबन्दी गर्ने र विभिन्न साँठगाँठ गर्ने अन्य केही वरिष्ठ न्यायधीशहरू माथिसमेत छानबिन र कारबाही गर्नुपर्ने माग उठेको छ ।
उता न्यायलयमा परेका गम्भीर संवैधानिक बहसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको आलोचना हुनेक्रम पनि बढेको छ । न्यायालयको नेतृत्व गर्ने व्यक्ति मन्त्रिपरिषद्मा भागबन्डा र संवैधानिक निकायको भागबन्डाले प्रधानन्यायाधीश राणा विवादित बन्न पुगेका हुन् ।
पछिल्लो समय प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाल मन्त्री नियुक्ति भएपछि चर्को आलोचना भयो । प्रधानन्यायाधीश राणा संकटमा पर्ने देखिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हमालले ४० घण्टा बित्न नपाउँदै राजीनामा दिनुप¥यो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ कार्तिक २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता छ : प्रधानन्यायाधीश श्रेष्ठ
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ
संवैधानिक परिषद्को बैठक बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?
संवैधानिक परिषद्को बैठक बस्दै, सिफारिस होला नयाँ प्रधानन्यायाधीशको नाम?