कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, ०८ : ५०
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका १२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिका १२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् । उनीहरुको आज बिहान बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ, दशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो(हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस