काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ५० लाखभन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाइसकेका छन् । जसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ८५ लाख ६२ हजार ३६५ छ ।
यस्तै नेपालको कुल जनसङ्ख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् ।
१८ वर्षमाथिका लक्षित समूहमा ४३ प्रतिशतले कम्तीमा पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । १५ वर्ष माथिका दुई करोड १७ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ कार्तिक २०७८, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप