काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ५० लाखभन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाइसकेका छन् । जसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ८५ लाख ६२ हजार ३६५ छ ।
यस्तै नेपालको कुल जनसङ्ख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् ।
१८ वर्षमाथिका लक्षित समूहमा ४३ प्रतिशतले कम्तीमा पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । १५ वर्ष माथिका दुई करोड १७ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ कार्तिक २०७८, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप