डेढ महिनाभित्र एनआरएनए कार्य समितिको निर्वाचन गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १२ : ०८
डेढ महिनाभित्र एनआरएनए कार्य समितिको निर्वाचन गर्ने तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३० नोभेम्वर २०२१ भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ मा बसेको बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय समेत गरेको छ ।

CG Developers Tansen Cement box

बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा टिओआरसहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको हो । 

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको प्रवक्ता डिबि क्षेत्रीद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालयलगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष पन्तलाई जिम्मा दिने निर्णय गरेको समेत उल्लेख छ । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस