रसुवा । रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन ।
इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु