चितवन । जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।
यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।
तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असोज २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते